चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा अभिनित चलचित्र ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरिएको हो। प्रेमसम्बन्धको कथावस्तुमा आधारित चलचित्रको टिजरले प्रेम सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

चलचित्र नम्रता र गौरवसँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यर चलचित्रको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर