आज शनिबार राती नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । माल्दिभ्स बास्केटबल संघले आयोजनामा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज शनिबार बंगलादेशसँग खेल्दै छ ।

माल्दिभ्समा हुने खेल नेपाली समय अनुसार राती सवा ९ मा सुरु हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । उता, तेस्रो खेल खेल्दै गरेको बंगलादेश आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । उता, बंगलादेशले भने माल्दिभ्स र भुटानलाई पराजित गरेको थियो ।

नेपालले आफ्नो अन्तिम लिग खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।

प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । दुई सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

नेपाली टोली 

सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर