लेस्टरको मुख्य प्रशिक्षकमा एन्जो

काठमाडौं । च्याम्पियनसिप क्लब लेस्टर सिटीले एन्जो मारेस्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

लेस्टरले इटालियन प्रशिक्षकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको बीबीसीले जनाएको छ ।

४३ वर्षीय एन्जोले अन्तरिम प्रशिक्षक डिन स्मिथको स्थान लिने छन् ।

एन्जो यस सिजन ट्रिबल उपाधि विजेता टोली म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक रहेका थिए ।

लेस्टर यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।

प्रिमियर लिगमा बढुवा भएको ९ वर्षपछि लेस्टर घटुवा भएको हो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर