नेपाली सेनाको टोली हिमाल सफा गर्दै

काठमाडौँ । नेपाली सेनाले तीनवटा टोलीलाई सफा हिमाल अभियान २०२३ जिम्मेवारी सुम्पिएको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइका लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली, अन्नपूर्ण हिमाल सफाइका लागि सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा १० जनाको टोली र बरुन्चे हिमाल सफाइका लागि सात जनाको टोली खटाइएको छ । सगरमाथा र ल्होत्से सफाइमा खटिएको टोली मङ्गलबार स्याङ्सोचे पुगेको र स्थानीय जनसमुदायसँग अन्तरसंवाद गरी एक साताभित्र सगरमाथा आधार शिविर पुग्ने प्रवक्ता भण्डारीले बताए ।

चारवटै हिमालबाट करिब ३५ मेट्रिक टन फोहोर सङ्कलन गर्ने लक्ष्यसहित नेपाली सेनाको टोली खटिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर