नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक मुद्दाको आदेशको पखाईमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएको छ। बहस दुई सातासम्म भलेको पक्ष–विपक्षको बहस शुक्रबार सकिएको हो । पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको थुनछेक बहस बिहीबार सकिएका कारण आज सो प्रकरणमा सरकारी वकिलले जवाफी बहस गरेका हुन्।

आजको बहसबाट पक्राउ परेकाहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्क्योल निक्लनेछ। आदेश आउने सम्भावना रहेको कानुन व्यवसायस्हरूको भनाइ छ । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर