राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान गरेका छन् ।

नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् ।

नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

नेपाली टोली –

हरि हजुर थापा (कप्तान), लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर