सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर