प्रदेश सरकारहरुले आज बजेट प्रदेशसभामा प्रस्तुत गर्दै

काठमाडौं ।  प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा आज प्रस्तुत गर्दैछन् । प्रदेशसभामा असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण प्रदेश सरकारहरुले आज बजेट ल्याउन लागेका हुन् । संघीय सरकारले समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी चार शीर्षकमा प्रदेशलाई ४ खर्व ९ करोड रकम विनियोजन गरेअनुसार नै प्रदेश सरकारहरुले आज बजेट ल्याउदैछन् ।

कोशी प्रदेश सरकारले भने अध्यादेशमार्फत हिजो नै बजेट ल्याएको छ । अल्पमतमा परेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले प्रदेशसभामा अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको अनुमानित बजेट ल्याएको हो ।

मधेश प्रदेश सरकारले आज दिउँसो १ बजे बजेट ल्याउने तयारी गरेको छ । बाग्मती प्रदेश सरकारले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बजेटको आकार घटाएर बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।  प्रदेश गौरवका योजना, बहुवर्षे आयोजनालाई बजेटमा निरन्तरता दिदै कृषि, पर्यटन र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने मन्त्री लामाको भनाइ छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकता दिएर करिब ४० अर्बको अनुमानित बजेट ल्याउने तयारी गरेको छ । दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गरिने छ । यस्तै गण्डकी सरकारले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ । प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले ३३ अर्ब आसपासमा अनुमानित बजेट ल्याउन लाग्नुभएको हो । कृषि, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा जोड दिएर बजेट ल्याउन लागेको छ ।

कर्णाली प्रदेश सरकारले पनि ३ बजेपछि बजेट ल्याउने भएको छ । यस्तै दिउँसो ४ बजे सूदुरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । सरकारले करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर