नक्कली शरणार्थी प्रकरण : सरकारी जवाफ बहस हुने

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज (शुक्रबार) सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् । आजबाट हुने जवाफी बहस आज दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर