अर्जेन्टिनाले अष्ट्रेलियालाई हरायो

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको छ ।

बिहीबार भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जर्मन पिजेल्लाले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि ६८ औं मिनेटमा जर्मनले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर