इटालीलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

अब स्पेनले उपाधिका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल आइतबार हुनेछ ।

खेलको तेस्रो मिनेटमा एरेमी पिनोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ११ औं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा जोसेलुले गोल गर्दै स्पेनलाई २(-१ को जित दिलाए ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर