बर्नली प्रिमियर लिगमा बढुवा

काठमाडौं । बर्नली प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार राति मिड्ल्सब्रोलाई २-१ गोल अन्तरले हराएर बर्नली प्रिमियर लिगमा बढुवा भएको हो ।

भिन्सेन्ट कोम्पनीको नेतृत्वमा रहेको बर्नलीको जितमा एश्ले बर्नेस र कोर्नोर रोबर्ट्सले एक एक गोल गरे ।

मिड्ल्सब्रोका चुबा एक्पोमले एक गोल फर्काए । यस जितसँगै बर्नली ७ खेल अगाबै बढुवा भएको हो ।

बर्नली ३९ खेलमा ८७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मिड्ल्सब्रो ६७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर