आदिपुरुष भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी पछि विवादास्पद संवाद फिल्म निर्माताले हटाए
काठमाडौं । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।
“सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
धार्मिक कथामा आधारित ‘आदिपुरुष’ शुक्रबारदेखि नै प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया