युनाईटेडका पूर्व डिफेन्डरको निधन

काठमाडौं । स्कटल्याण्डका पूर्व डिफेन्डर गोर्डोन म्याकक्विनको निधन भएको छ ।

म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेडका डिफेन्डर गोर्डोनको ७० वर्षको उमेरमा निधन भएको हो ।

गोर्डोन पछिल्लो समय डिमेन्सिया रोगका कारण पीडित थिए ।

गोर्डोनले युनाईटेडबाट प्रिमियर लिग र एफए कप जितेका थिए ।

उनले स्कटल्याण्डका ३० खेल खेलेका थिए ।

उनले चोटका कारण १९७८ मा विश्वकप भने गुमाएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर