आदिपुरुष भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश एउटा डाइलग नसच्याए काठमाडौं महानगरपालिका क्षेत्रका हलमा उक्त भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका छन्।

आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए फिल्म चल्न नदिने बालेनको चेतावनी छ। उक्त डाइलग नेपालमा मात्र नभर्इ भारतमा पनि सच्याउनुपर्ने बालेनको भनाइ छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभर्इ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्।

सोही संवादको विषयलाई लिएर नेपालको सेन्सर बोर्डले फिल्मको सेन्सर गर्न मानेको छैन। सेन्सर बोर्डले उक्त संवाद हटाएर वा विप गरेर पुनः गरेपछि मात्रै सेन्सरको प्रक्रिया अगाडि बढाइने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर