नेप्से सामान्य अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ५ अंकले बढेर दुई हजार ४२ दशमलब ०७ विन्दुमा बन्द भएको छ ।

आज तीन अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटाको शेयरमूलय स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अभियान नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सिटी होटल लिमिटेडको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५.८६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर