ट्रयाक्टर दुर्घटनामा दीलमायाको मृत्यु

दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नम्बर १ स्थित गाडापानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गेश्वर वजारवाट दुल्लू जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुल्लु नगर पालिका वडा नं १ बस्ने अन्दाजी १७-१८ वर्षकि दीलमाया खड्काको मृत्यु भएको हो ।

सडक वाट करिव २ सय मिटर तल खसेको उत्त ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका ५ का भरत रिजाल र नाम नखुलेको १ जना महिला गम्भीर घाईते भएका छन ।

घाईतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर