आज बिहीबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत छलफल हुने

काठमाडौं । आज बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बैठक बिहीबार बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

यस बैठकमा मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाइएको छ ।

मन्त्रालयका यस्ता विभिन्न शीर्षकहरूमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर