विश्वकप छनोटको वार्मअप खेलमा नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज बिहीबार ओमानसँग खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।

पहिलो वार्मअप खेलमा पराजित दुवै टोली जितका साथ वार्मअप खेल सकाउन चाहन्छन् । पहिलो वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो । पहिलो वार्मअप खेलमा ओमान घरेलु टोलीसँग २८ रनले पराजित भएको थियो ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ विश्वकप छनोट खेल्न चाहन्छ ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोलीसँग खेल्नेछ । ओमान पहिलो खेल सोमबार आयरल्यान्डविरुद्ध रहेको छ ।

वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।

ओमानको टोली :

जीशान मकसूद (कप्तान), अकिब इलियास (उप कप्तान), जतिंदर सिंह, कश्यप प्रजापति, शोएब खान, मोहम्मद नदीम, सन्दिप गौड, अयान खान, सूरज कुमार, नसीम खुशी, बिलाल खान, कलीमुल्लाह, फैयाज बट,जय ओडेड्रा, समय श्रीवास्तव

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर