क्रोएसिया नेसन्स लिगको फाइनलमा

काठमाडौं । क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया फाइनल पुगेको हो ।

क्रोएसियाले एक गोलको अग्रता उल्टाएर नेदरल्यान्ड्सलाई हराएको हो ।

खेलको ३४ औं मिनेटमा डोनएल मालनले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५५ औं मिनेटमा आन्द्रेज क्रमारीचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए ।

७२ औं मिनेटमा मारियो पासालीचले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा नोया लांगले गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

खेलको ९८ औं मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११६ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए ।

अब क्रोएसियाले उपाधिका लागि इटाली र स्पेनबीचको विजेतासँग खेल्नेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर