उच्च अदालत विराटनगरबाट मेयर हर्क साम्पाङविरुद्ध अल्पकालीन आदेश जारी

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अध्यक्षसरहको कामकारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै बुधबार उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

मेयर साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ । धरान खानेपानी बोर्ड अध्यक्षविहीन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर