अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने अनसोल्ड भए

काठमाडौं । चौथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा नेपालका पूर्व कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

तीस हजार अमेरिकी डलर बेस प्राईस भएका सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाउँदा एलपीएलको ईतिहासमा पहिलो पटक भईरहेको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् ।

सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । तर, व्यक्तिगत कारणले उनले लिगमा सहभागीता जनाउन पाएनन् ।

यस संस्करणको एपीएल ३१ जुलाई अर्थात साउन १५ बाट सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर