ब्रेसवेलले विश्वकप गुमाउने

काठमाडौं । न्युजिल्यान्डका स्पिन बलिङ अलराउण्डर माइकल ब्रेसवेलले आईसीसी एकदिवसीय विश्वकप गुमाउने भएका छन् ।

इंग्ल्यान्डमा जारी टी–ट्वान्टी ब्लाष्टमा वोर्सेस्टरशायरका खेल्ने क्रममा ब्रेसवेललाई चोट लागेको हो ।

वोर्सेस्टरशायरका लागि ब्याटिङ गर्ने क्रममा दाहिने खुट्टामा चोट लागेपछि ब्रेसवेललाई अस्पताल लगिएको थियो ।

उनको बिहीबार बेलायतकै एक अस्पतालमा शल्यक्रिया सम्पन्न भएको थियो ।

शल्यक्रियाको प्रकृती अनुसार ६ देखि ८ महिनाका लागि उनी मैदान बाहिर रहने अनुमान गरिएको छ ।

६ देखी ८ महिना मैदान बाहिर रहने हुँदा ब्रेसवेलले अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउनेछन् ।

यस अघि न्युजिल्यान्डका कप्तान केन विलियम्सले पनि चोटका कारण विश्वकप गुमाईसकेका छन् ।

३२ बर्षिय ब्रेकवेलले न्युजिल्यान्डका लागि १९ ओडिआई खेल खेलेका छन् । जसमा उनले ५ सय १० रन बनाउँनुको साथै १५ विकेट समेत लिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर