फिल्म ‘आदिपुरुष’को रिलिजअघि नै करोडौं कमाइ

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले रिलिजअघि नै करोडौं कमाइ गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म रिलिज हुनुअघि नै २ सय १० करोड भारतीय रुपैयाँ कमाइसकेको छ । फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता भएको छ।

यसका साथैअग्रिम टिकट बुकिङमा फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको छ । फिल्मले पहिलो सप्ताहन्तमा करिब १।५० लाख टिकट बेचेको छ, जसको रकम करिब ५ करोड भारतीय रुपैयाँ रहेको छ। अर्थात प्रारम्भिक अग्रिम बुकिङमा फिल्मले पाँच करोड कमाइसकेको समाचारमा उल्लेख छ ।

‘आदिपुरुष’ मा प्रभास, कृति सेनन, सैफ अली खान, सनी सिंह र देवदत्त नागे पनि मुख्य भूमिकामा छन्। यस फिल्ममा प्रभासले भगवान श्रीरामको भूमिका निभाएका थिए भने कृति सेननले माता सीताको भूमिका निभाएकी छन् ।

फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्म १६ जुनमा प्रदर्शन हुदैछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर