एक्सनम्यान बालेनको नजर अब संघ र प्रदेशमातहतका अस्पतालहरूमाथि

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालले देखिन गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरे र मापदण्ड पालना नगरे कारबाही गर्ने बताएका छन्।

मेयर साहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरभित्र रहेका संघ र प्रदेश मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानूनी कारबाही गर्ने जानकारी दिएका छन्। “काठमाडौं महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्यसम्बन्धी कानून–मापदण्डको पालना नगरेको पाइएमा संङ्घरप्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानुनी कारबाही गरिने व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ”, बालेनले भनेका छन्।

बालेनले सार्वजनिक गरेको विज्ञप्तिको पूर्ण विवरण ः–
“काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार अःसहाय विपन्नसहित लक्षित वर्गहरुलाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्नेलगायतका स्वास्थ्य संस्था सुधारको लागि काठमाडौं महानगरपालिकाले मिति २०८०र०२र०६ मानै सार्वजनिक सूचना जारी गरिसकेको छ । संविधान र प्रचलित कानूनले नागरिकको आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हकहरु राज्यले प्रत्याभूत गर्नुपर्ने संवैधानिक व्यवस्थालाई र कार्यान्वयन गर्दै स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न, लक्षित वर्गका नागरिकलाई स्वास्थ्यसम्बन्धी छुट सुविधा उपलब्ध गराउनेतर्फ संङ्घ, प्रदेश मातहत रहेका स्वास्थ्य संस्थालाई निर्देशित गरी कानून कार्य कार्यान्वयन भएको व्यवहारमानै देखिने अवस्थाको सिर्जना गर्न माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूलाई स्वास्थ्य संस्थाको विवरणसहित मिति २०८०–०२–१६ मा ध्यानाकर्षण गराइएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) ख २ अनुसार नागरिकले अनुभूत गर्ने गरी काठमाडौं महानगरपालिकाबाट भएको अनुगमनको क्रममा त्यसतर्फ व्यवहारिक प्रयत्न भएको पाइएको छैन सरकारी अस्पतालमा समेत सरसफाई, सेवाप्रवाह अस्तव्यस्त पाइएकोछ। काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको २ (दुई) वटा स्वास्थ्य संस्था बन्द गरिएको छ यस कार्यलाई अझ प्रभावकारी बनाउनमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन गरिएको छ ।

स्वास्थ्य संस्थाहरुको सुधारको विषय कुनै सस्तो लोकप्रियताको लागि होइन । कानुन व्यवस्था गर्नुको जुन उद्देश्य छ, सोहीअनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस भनी हामीले अग्रसरता लिइरहेको प्रष्ट पार्न चाहन्छौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्यसम्बन्धी कानून–मापदण्डको पालना नगरेको पाइएमा संङ्घ–प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर