तोडफोडको विरोधमा एनएमसीमा ओपिडी सेवा बन्द

काठमाडौं । नेपाल मेडिकल कलेजमा तोडफोड गर्नेमाथि कारबाहीको माग गर्दै अस्पतालले ओपिडी सेवा बन्द गरेको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको छ।

जेठ २८ गते भर्ना भइ उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस, हुलहुज्जत गरी अस्पताल तोडफोड गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरुलाई कुटपिट गर्ने अप्रिय शब्दहरु प्रयोग गरी अस्पताल सुचारु हुन नदिई सेवा अवरुद्ध गरिएको अस्पतालले जनाएको छ। जसको कारण शान्ति सुरक्षामा बाधा परेकाले नियमित अस्पतालको सेवा सञ्चालन गर्न नसकिएको असपतालले विज्ञप्ती मार्फत जनाएको छ।
nmc opd.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर