मधेश प्रदेशका मुख्यमन्त्रीलाई १०३ जनाको विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभाका सबै दलले विश्वासको मत दिएपछि उनी पहिलेभन्दा थप शक्तिशाली मुख्यमन्त्री बनेका छन्। कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा  १०३ सांसद उपस्थित भएका थिए। ती मध्ये सबै सांसदले पक्षमा मतदान गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिएको हो। यीमध्ये जसपा, कांग्रेस, लोसपा, जनमत, नेकपा एस र माओवादी सरकारमा सहभागी छन् भने बाँकी दलहरूले बाहिरबाटै सरकारलाई समर्थन गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर