एक युवकद्वारा मण्डलामा आत्मदाहको प्रयास

काठमाडौं । नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा मंगलबार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो ।

सोही क्रममा एक युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । कामत नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् ।

आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको विरोध भएको छ । उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् । आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले कामतको उद्धार गरेर उपचारका लागि ट्रमा सेन्टर लगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर