युएईलाई २७७ रनको लक्ष्य

काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा युएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ ।

नेपाल र युएईबीचको हरारेमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ७६ रन बनाएको हो ।

नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८-८ रनको योगदान गरे ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ ।

वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।

युएईले विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज युएईले ३-० ले गुमाए पनि युएईका केही युवा खेलाडीले राम्रो खेल देखाएका थिए ।

नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर