गगनको सिंगल एजेन्डा कांग्रेसले अब तालमेल गर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा हेटौँडामा भएको क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरू सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे ।

उनले चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई दृष्टिगत गर्दै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर