नियमित स्वास्थ्य परीक्षणका लागि कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी आज त्यसतर्फ जान लागेका हुन् ।

पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन् ।

सभापति देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर