नेपाल र युएई भिड्दै

काठमाडौं । नेपालले आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज युएईसँग खेल्दैछ ।

नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।

जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो ।

दुवै अभ्यास खेलमा नेपालले हार व्यहोरेको थियो । अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग नेपालले कमजोर ब्याटिङका गरेको थियो । नेपाल उत्कृष्ट प्रदर्शनका साथ जिम्बावे यात्राको सुरुआत गर्न चाहन्छ ।

वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ-११ खोज्ने सोचमा हुनेछन् ।

युएईले विश्वकप छनोटलाई ध्यानमा राखेर वेस्ट इन्डिजसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज युएईले ३-० ले गुमाए पनि युएईका केही युवा खेलाडीले राम्रो खेल देखाएका थिए ।

नेपाल र युएईबीचको पछिल्लो पाँच खेलमा चार खेलमा नेपाल विजयी हुँदा एक खेल युएईले जितेको छ ।

युएईको टोली

मुहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

नेपालको टोली

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर