बलुच नेश्नल आर्मीका संस्थापक पक्राउ

काठमाडौं । पाकिस्तानी गुप्तचर निकायले आतङ्कवादी सङ्गठनका एक जना नेतालाई पक्राउ गरेको बताएको छ । पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेश्नल आर्मी बिएनएका संस्थापक नेतालाई पक्राउ गरिएको आज जनाएको हो ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्मिसेस पब्लिक रिलेसनस आइएसपीआरका अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई बिहीबार पक्राउ गरिएको हो ।

बिएनएले सुरक्षा निकायलाई लक्ष्यित गरेर बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा आतङ्कवादी गतिविधि नियन्त्रणमा योगदान पुग्ने विश्वास आइएसपीआरले व्यक्त गरेको छ । शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आइएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर