मड्रिडका फरवार्ड ब्राहिम डियाज क्लब फर्किए

काठमाडौं । रियल मड्रिडका फरवार्ड ब्राहिम डियाज क्लब फर्किएका छन् ।

तीन सिजन लोनमा इटालियन क्लब एसी मिलानमा बिताएर डियाज रियल फर्किएका हुन् ।

स्पेनिस क्लब रियलले डियाज क्लब फर्किएको जनाएको छ ।

रियलले स्पेनिस फरवार्ड २०२७ सम्म क्लबमा रहने जनाएको छ ।

डियाज २०२० मा लोनमा इटालियन क्लब गएका थिए ।

२३ वर्षीय डियाज सन् २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रियल आएका थिए ।

मालागाको एकेडेमीमा हुर्किएका डियाजले सिटीको सिनियर टिमबाट ५ खेल खेल खेलेका थिए ।

डियाजले रियलका लागि १५ खेलमा १ गोल गरेका थिए ।

डियाजले स्पेनको टोलीबाट १ खेल खेलेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर