स्वतन्त्र स्कटल्यान्ड समर्थित पूर्वमन्त्री पक्राउ

काठमाडौं । स्कटल्यान्डका पूर्वमन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी एसएनपीको आर्थिक सहयोग र वित्तीयसम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो। एसएनपी स्कटिश स्वतन्त्रताको समर्थक हो।

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शंकास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’

गत अप्रिलमा उनका पति पूर्वएसएनपी प्रमुख पिटर मुरेलको गिरफ्तारी र रिहाइपछि उनलाई पक्राउ गरिएको हो । स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबारर प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

प्रवक्ताले भने कि, निकोला स्टर्जनले आइतबारर पुलिस स्कटल्यान्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो र अपरेशन ब्रान्चफार्मको सम्बन्धमा सोधपुछ गरिएको थियो । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर