उरुग्वेलाई यू-२० विश्वकपको उपाधि

काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ ।

अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे ।

रोड्रिगेजले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो ।

उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर