लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा सिनामङ्गलमा गोली चल्यो

काठमाडौं । काठमाडौंको सिनामङ्गलमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा सो घटना भएको जानकारी दिए । प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन् भने उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । घाइते कारोबारीको घुँडामा गोली लागेको छ । प्रवक्ता कडायतले निजको साथबाट केही मात्रामा लागूऔषध पनि बरामद भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर