एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट १५ वर्षीय घर्तीको मृत्यु

प्युठान । एसइई परीक्षा दिएर फर्कने क्रममा स्कूलबसको ठक्करबाट प्युठानका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको छ।

आज शुक्रबार विद्यानन्द मावि गोठिवाङ जुडापाटा केन्द्रबाट परीक्षा दिएर फर्कने क्रममा बसले ठक्कर दिँदा घर्तीको मृत्यु भएको हो ।

घर्ती सवार लु ६६ प ५३४९ नम्बरको मोटरसाइललाई लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङमा ठक्कर दिएको थियो।

घाइते भएका प्रतीकको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र बस चालक अहिले प्रहरी नियन्त्रणमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर