युरी एस्टनमा अनुबन्धित

काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले मिडफिल्डर युरी टिलेमान्सलाई अनुबन्ध गरेको छ ।

एस्टनले बेल्जियम मिडफिल्डर युरी अनुबन्धका लागि सहमति भएको जनाएको छ ।

२६ वर्षीय युरी जुलाई १ बाट एस्टनममा अनुबन्धित हुने छन् ।

युरीले लेस्टर सिटीसँगको सम्झौता सकिएपछि क्लब छाडेका हुन् ।

लेस्टरका लागि युरीले १ सय ९५ खेल खेलेका छन् । जसमा २८ गोल गरेका छन् ।

लेस्टर यस सिजन रेलिगेसनमा परेको छ ।

२६ वर्षीय मिडफिल्डर २०१९ मा मोनाकोबाट लेस्टर आएका थिए ।

बेल्जियमका लागि युरीले ५८ खेलमा ५ गोल गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर