म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजले कीर्तिमान बनाए

काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजले कीर्तिमान बनाएका छन् ।

अल्भारेजले एकै सिजन क्लब फुटबलमा ट्रेबल उपाधि र फिफा विश्वकपको उपाधि जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

अल्भारेज आबद्द सिटीले शनिबार राति च्याम्पियन्स लिग जितेको थियो । फाइनलमा सिटीले इन्टर मिलानलाई १-० ले हराएको थियो ।

च्याम्पियन्स लिगको उपाधिसँगै अल्भारेज एकै सिजन युरोपियन कप, लिग, डोमेस्टिक कप र विश्वकप जित्ने पहिलो खेलाडी बनेका हुन् ।

अर्जेन्टिनी फरवार्ड अल्भारेजले यस अघि कतार विश्वकप,प्रिमियर लिग र एफए कप जितेका थिए ।

२३ वर्षीय फरवार्ड यस सिजन सिटीका लागि सर्वाधिक गोलकर्ताको दोस्रो स्थान रहे । उनले यस सिजन १७ गोल गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर