सिटीलाई पहिलो पटक च्याम्पियन्स लिग

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए ।

सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि हात पारेको छ ।

यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।

सिटी ट्रेबल उपाधि जित्ने दोस्रो प्रिमियर लिग क्लब हो ।

यस अघि म्यानचेस्टर युनाईटेडले यो उपलब्धि हासिल गरिसकेको छ ।

ग्वार्डीओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक समेत बनेका छन् ।

यस अघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर