कालिकोट जिप दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं । कालिकोट जिल्लाको शुभकालीका गाउँपालिका वडा नं। ६ मा शनिबार राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । वडा नं ६ को चिसापानी स्थित बेहुली पानतडी सडक खण्डको चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको बोलेरो जिप दुर्घटना भएको हो ।

लु १ च ८४९८ नं को डबल क्याप बोलेरो जिप सडकदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयेश्वर रिमालले दुर्घटना परी मृत्यु हुनेमा शुभकालीका गाउँपालिका वडा नं २ का जिप चालक वर्ष ३० का हर्के कामी, शुभकालिका ८ बस्ने वर्ष ३१ का रामबहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका वर्ष अन्दाजी २५ का गोपाल सलामी मगर रहेको बताए ।

प्रहरी प्रमुख रिमालले थप अनुसन्धानका लागि प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको कमाण्डमा टोली खटाइएको जानकारी दिए । रातको समय भएकाले घटना ढिलो गरी थाहा भएको प्रहरीको भनाइ छ । यसअघि बिहीबार बिहान कालीकोटको सेरा बजारमा भएको जिप दुर्घटनामा दुईजनको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर