रास्वपा अन्य दलहरूद्वारा उत्पन्न वाधाको सामना गर्दै : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपालाई जनताले आगामी दिनको बाटो सजिलो बनाइदिए पनि अन्य पार्टीहरूले वाधा पुर्‍याइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि अन्य दलले घेराबन्दी गरिरहेको बताउँदै भने, “ जति घराबन्दी गरेपनि पार्टी डराउने छैन ।”

‘तपाइँहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्,’ उनले भने, ‘सातो जाने खालको छ तर हामी डराउँदैनौं। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन्।’ उनले भने, ‘तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ। त्यसमा हामी चनाखो हुँदै जानुपर्छ।’

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको भनाइ छ। उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए। आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरू सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर