इटालीको संसदमा एक महिला सांसदले बच्चालाई स्तनपान गराउँदा सबैले ताली बजाएर स्वागत गरे

काठमाडौं । इटालीमा पहिलो पटक एक महिला सांसदले संसद बैठकमै आफ्नो बच्चालाई स्तनपान गराएकी छन् ।

सांसद जिल्डा स्पोर्टिएलोले संसदको कक्षमा छोरालाई स्तनपान गराइरहेकी थिइन्, जसलाई देखेर सबै सांसदले ताली बजाएर स्वागत गरे । धेरै देशमा यो सामान्य मानिन्छ तर इटाली जस्तो पुरुष प्रधान देशमा यो पहिलो पटक भएको हो ।

संसदीय अधिवेशनको अध्यक्षता गर्दै जर्जियो मुलले भने, “यो पहिलो पटक भएको हो । स्पोर्टिएलोलाई स्वतन्त्र, दीर्घ र शान्त जीवनको शुभकामना। अब हामी बैठकमा बिस्तारै बोल्छौं।”

गत नोभेम्बरमा, संसदीय नियम प्यानलले महिला सांसदहरूलाई आफ्ना बच्चाहरूसँग कक्षमा प्रवेश गर्न र बच्चालाई एक वर्षको उमेरसम्म स्तनपान गराउन अनुमति दिएको थियो। स्पोर्टिएलोले भनिन, “समयको अभावमा धेरै महिलाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउन छोडेका छन्। यो उनीहरूको इच्छा थिएनन्, तर कामको कारणले यो गर्नुपर्छ।

गत वर्ष अक्टोबरमा, जर्जिया मिलोनीले दुई तिहाइ पुरुष सांसदहरूको बीचमा इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरे। बुधबार संसदमा बच्चालाई स्तनपान गराउने स्पोर्टिएलो इटालीको लागि नयाँ थियो। १३ वर्षअघि लिसिया रोन्जुलीले आफ्नी छोरीलाई स्ट्रासबर्गको युरोपेली संसदमा स्तनपान गराएकी थिइन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर