जापानद्वारा आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित

काठमाडौं । जापानले आप्रवासन तथा शरणार्थीसम्बन्धी कानूनमा संशोधन गर्ने विवादास्पद विधेयक पारित गरेको छ ।

जापानी संसदको माथिल्लो सदनले शुक्रबार आप्रवासन र शरणार्थी कानूनलाई परिमार्जन गर्ने विवादास्पद विधेयक पारित गरेको हो ।

यो विधेयकले शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई समस्यामा पार्ने र देश छोड्न बाध्यकारी बन्न सक्ने बताइएको छ ।

केही विपक्षी दलले अस्वीकार गरे पनि जापानी प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र यसको कोमेइतो गठबन्धन सहयोगी तथा अन्य साना पार्टीहरूको समर्थनमा यो कानून ल्याउनुभएको होे ।

जापानले सन् २०२२ मा तीन हजार ७ सय ७२ आवेदकमध्ये २ सय २ जनालाई शरणार्थीको दर्जा दिएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर