फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक (भिडिओसहित)

काठमाडौं । विवाहेत्तर सम्बन्ध र त्यसको सामाजिक असरको कथा पेश गर्ने फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार नयाँबानेश्वरको आइप्लेक्स मलस्थित वान सिनेमाज हलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । ‘इरोटिक थ्रिलर’ जनरामा राखिएको फिल्मको ट्रेलरले विवाहेत्तर सम्बन्धले ल्याउने दुष्परिणामको झल्को दिन्छ ।

दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरले कथानक घुम्तीलाई दर्शाएको छ । शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । मुम्बईको स्टुडियोमा गरिएको पोस्ट–प्रोडक्सनका कारण यसको ध्वनि र दृश्य बलियो लाग्छ ।

ट्रेलरका अनुसार फिल्ममा शिल्पा र कोसिस दम्पतीको भूमिकामा छन् । जब उनीहरुको सम्बन्धमा तेस्रो व्यक्ति गौरव विष्टको प्रवेश हुन्छ । यो कुरा थाहा पाएपछि कोसिसको पात्रले दुवै जनासँग बदला लिन थाल्छ । यो बदलाको कथा पनि हो । क्राइम थ्रिलर पनि भन्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर