‘ए’ डिभिजन लिगलाई कतार एयरवेजको प्रायोजन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै कतार एयरवेजले लिगलाई प्रायोजन गरेको जनाएको छ ।

कतार एयरवेजले दुई सिजनका लागि प्रायोजन गरेको एन्फाले जनाएको छ ।

एन्फाले प्रायोजन रकम भने खुलाएको छैन ।

एन्फाले जारी लिग सकिन लाग्दा मुख्य प्रायोजक पाएको हो ।

कतार एयरवेजले यस अघि दुई पटक लिगलाई प्रायोजन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर