यात्रुवाहक गाडी खाडलमा खस्दा आठ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

प्रान्तको माथिल्लो दिरबाट चित्राल जिल्ला जाँदै गर्दा यात्रुवाहक गाडी खाडलमा खसेको उद्धार टोलीले जनाएको छ ।

स्थानीयवासी र उद्धार टोलीले घटनास्थलमा पुगेर घाइते र शवलाई अस्पताल पुर्‍याएका थिए । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशङ्का गरेका छन् ।

सो गाडीमा चालकसहित २० जना सवार रहेको उद्धार टोलीले जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर