यथास्थितिमा बजेट पास हुन नदिने, सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नदिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरू सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताएका हुन् ।

भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेताहरू र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको भन्दै बजेट पक्षपातपूर्ण भएको उनको ठहर छ। सरकार छोड्न परे पनि अन्यायको विरुद्ध लड्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर