असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन । वर्षा यामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ । सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिनेबारे सार्वजनिक सूचना जारी गर्दै जबरजस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।

“वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ । ” सडक विभागको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर